काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कर्मचारीहरूले उनको कार्यकक्षको ताला फोडेर प्रवेश गराएका छन्।

तीन महिना १४ दिनपछि गुरागाईं कार्यालय पुगेपनि मेयर बालेनको निर्देशनमा उनलाई छिर्न नदिने प्रयास भएको थियो । नगर प्रहरी उनलाई रोक्न तयारी अवस्थामा भएपनि वडाअध्यक्षहरु र कर्मचारीको साथ पाएपछि उनी कार्यालयमा प्रवेश गरे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै एक महिनाअघि पत्र पठाएको थियो। पत्र पठाएको ठ्याक्कै एक महिनापछि आज गुरागाईं महानगरपालिका पुगेका हुन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।