काठमाडौँ । काठमाडौंको हावा अति अस्वस्थकाे तहमा पुगेकाे छ । मंगलबार बिहान ७ः४५ मा काठमाडौंको वायु गुणस्तर २६१ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) थियो । जुन बढेर ८ः४५ मा २७९ एक्यूआई पुगेको छ । यो भनेको वायु गुणस्तरको ‘निकै अस्वस्थ’ तह हो । 

काठमाडौंको वायु गुणस्तर २७९ एक्यूआई पुगेसँगै विश्वकै प्रदुषित सहर बनेको छ ।

स्वास्थ्यविदहरूले घर बाहिर हिड्दा अनिवार्य मास्क लगाउन सचेत गराएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।