काठमाडौं । नेकपा एमालेभित्र भावी नेतृत्वमा विद्यादेवी भण्डारीको चर्चा बढीरहेको बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष नेतृत्व नछाड्ने संकेत गरेका छन् । उनले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिन नपर्ने भन्दै चेतावनी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बूढो नभएको र अस्वस्थ्य नरहेको बताए ।

उनले भने, ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०(२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन । कसैले एमालेविनाको देशको पनि कल्पना गरेका छन् । केपी ओलीविनाको एमाले किन खोजेको होला रु तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ । एमालेविनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।’

अध्यक्ष ओलीले राणा शासन, पञ्चायत र निरंकूश राजतन्त्रसँग जुध्नुका साथै सबै प्रकारका हमला हुँदा प्रमुख शक्तिकारूपमा स्थापित भएको पार्टी एमाले भएकाले कुनै पनि प्रकारको दुविधा मनमा नलिन र आत्मविश्वास लिन पङ्तिलाई लिन आग्रह पनि गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।