काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो ।
पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो ।
टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । अहिले उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन । प्रहरी स्रोतका अनुसार फैसला कार्यान्वयनबाट पत्र आएकाले पक्राउ गरिएको हो ।
उनको आममाफी बदर भएर बाँकी कैद भुक्तानका लागि पक्राउ गरिएको जनाइएको छ ।
Comments







