काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि फेरि पक्राउ परेकी छन् ।
काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार सोमबार २ लाख धरौटी बुझाएर रिहा भएपनि उनी लगत्तै पक्राउ परेकी हुन् ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
Comments




