Thursday, August 20, 2026
21.1 C
Kathmandu
Home समाचार ३५० मा मोबाइलको कभर र सिसा फेर्दा प्रहरीका सईलाई पर्‍यो १० लाखको...

३५० मा मोबाइलको कभर र सिसा फेर्दा प्रहरीका सईलाई पर्‍यो १० लाखको उपहार

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।

उनी नेपाल प्रहरी नायब निरीक्षक (सई) हुन् । हाल उनी बागमती प्रदेश प्रहरी गण, हेटौंडामा कार्यरत छन् ।

मोबाइलको कभर र सिसा फेरेबापत ३५० रुपैयाँ भुक्तानी गरेका पुडासैनीले १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार जितेका हुन् ।

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपहार घोषणा गरिएको थियो ।

साउन महिनाको दोस्रो १६ दिनमा दैनिक एक–एक जना गरी १६ जना र सबै सहभागीमध्येबाट थप एक जनालाई बम्पर उपहारका लागि छनोट गरिएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।