काठमाडौं । सरकारले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्दै बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ।
बुधबार बसेको नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले भट्टराईलाई सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको हो।
Comments




