Wednesday, September 30, 2026
19.1 C
Kathmandu
Home अर्थ खबर नेपाल राष्ट्र बैंककाे डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंककाे डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडाैं । नेपाल राष्ट्र बैंककाे डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् ।

रावल हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत छन्।

आज बजेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हाे। यसअघि दुई जना डेपुटी गभर्नर नियुक्त भएका थिए ।

राष्ट्र बैंकमा तीन जना डेपुटी गभर्नर रहने व्यवस्था छ । आज नियुक्त रावलले राष्ट्र बैंकमा २० वर्ष काम गरिसकेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।