काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा उद्योग तथा फर्मलाई साढे २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ ।
विभागको अनुगमन टोलीले सोमबार नियमित बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत व्यापार–व्यवसाय गर्ने २ उद्योग तथा फर्मलाई २ लाख ५५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
काठमाडौं महानगरपालिका–३२ मा रहेको स्वागत ट्रेडिङ प्रालिले एमआरपी नराखी वस्तु बिक्री गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको जनाएको छ । साथै, उक्त फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर उपस्थित हुन निर्देशन दिइएको छ ।
Comments







