काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक लगाएको छ । एमाले केन्द्रीय समितिको बैठकमा उनलाई पार्टीमा नफर्किई अभिभावकका रूपमा बस्न आग्रह गर्ने निर्णय गरेको छ ।
पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउनुभन्दा सम्मानित पदमा रहनु नै उचित भएको भन्दै भण्डारीलाई पार्टी राजनीतिमा रोक लगाइएको हो । दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक ८ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा फर्काउने विषयमा विराम लगाउन एमालेले जारी गरेको विज्ञप्तिमा आठवटा कारण देखाइएको छ । ती कारण भने बहालवाला राष्ट्रपतिको भूमिकामा आधारित हुने खालका समेत रहेका छन् ।
Comments







