काठमाडाैं । ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ।

मंगलबार प्रदर्शन क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो।

आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार शव पुरूषको हो। तर शवको पहिचान हुनसकेको छैन।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।