काठमाडौ । हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका नख्खु कारागारबाट फरार भएका कालीबाबा भनिने भरत लामिछाने पक्राउ परेका छन् ।

जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

नख्खु कारागारमा थुनामा रहेका उनी २४ भदौमा फरार भएका थिए । हाडनाता करणीमा उनलाई काठमाडौं जिल्ला अदालतल २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।

उच्च अदालत पाटनले त्यसलाई सदर गरेको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।