काठमाडौँ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न कम्पनीकाे सेयर बिक्री गर्न सुरू गरेकाे छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्र पठाउँदै आफ्ना विभिन्न कम्पनीहरूमा रहेको लगानी तथा शेयर स्वामित्वसम्बन्धी विवरण सार्वजनिक गरेको छ।
धिताेपत्र बाेर्डकाे निर्देशन अनुसार ती सेयरहरू बिक्री प्रकिया अघि बढाइएकाे कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको शेयर संख्या निम्नानुसार छ । तपसिल बमाेजिमकम सेयर बिक्री अघि बढाइएकाे हाे ।
१) कुमारी बैंक लिमिटेड (संस्थापक शेयर) – ५,३०,०००
२) नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. (संस्थापक शेयर) – १,०७,४८४
३) नेरूडाे मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. (संस्थापक शेयर) – ७४,१०६
४) मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. (संस्थापक शेयर) – ७८,१०९
५) मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. (सामान्य शेयर) – २८,२१५
६) प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्स (संस्थापक) – ५,९४,०००
७) नेशनल फण्ड म्यानेजमेन्ट लि. (संस्थापक) – २,२५,०००







