काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।

आइतबार २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५३५ रुपैयाँमा कारोबार भैइरहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।