Tuesday, August 11, 2026
Home अर्थ खबर गरिमा बैंकको सञ्चित नाफा ३० करोडले घट्यो, कर्जा असुलीमा असफल बन्दै...

गरिमा बैंकको सञ्चित नाफा ३० करोडले घट्यो, कर्जा असुलीमा असफल बन्दै बैंक

माधव प्रसाद उपाध्याय, सिईओ

काठमाडौं । गरिमा विकास बैंकले दोस्रो त्रैमासिक विवरणमा ठूलो मात्रामा नाफा देखाए पनि अघिल्लो वर्षको तुलनामा ३० करोड बढीले ओरालो लागेको पाइएको छ ।

बैंकको गत वर्षको यसै अवधीमा ६९.९ करोड सञ्चित नाफा रहेकोमा यो अवधीमा भने ३०.८ करोड मात्र सञ्चित नाफा आर्जन गर्न सकेको छ । यसरी नाफा बढेपनि सञ्चित नाफा आधा भन्दा कम हुनुले बैंकको लाभांश वितरणमा अत्याधिक दबाब थपेको छ ।

बैंकले चालु वर्षको दोस्रो त्रैमासिक अवधीमा ६३ कोड ५१ लाख नाफा कमाएको देखाएको छ । नाफा बढ्नु सकरात्मक भएपनि कर्जा असुलीमा बैंक असफल बन्दै गएको छ ।
चालु त्रैमास अवधिमा बैंकको एनपिएल ४.७८ प्रतिशत पुगेको छ । बैंकको ब्योज आम्दानी पनि क्रमश घट्दै गएको पाइएको छ ।

त्यसो त बैंक स्वयम्ले सञ्चालन खर्च बढी रहेको स्वीकार गरेको छ । बैंकले पर्सनल एक्सपेन्समा ६१ करोड तथा अन्य सञ्चालन खर्चमा २९ करोड खर्च गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।