काठमाडाैं । सेयर बजार लगातार छैटौं कारोबार दिन पनि घटेर बन्द भएकाे छ । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंक घटेको छ । यो कमीसँगै २६०६ मा कायम भएको छ ।

गत साता कारोबार भएका चार दिन र यो साताका दुई दिन गरी ६ दिन बजार घटेको छ । विगत ६ दिनमा नेप्से १७० अंकले घटिसकेको छ । मंसिर ११ गते नेप्से २७७६ अंकमा थियो । राजनीतिक अस्थिरता, चुनावको अनिश्चितता तथा ठूलो संख्यामा आइपिओ आउने कारण पनि सेयर बजार घटेको अनुमान गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।