काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले याे वर्षा शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश घोषणा गरेको छ।

गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतशितका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।

लाभांश पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृह काठमाडौंमा १८ औं वार्षिक साधारण सभा बोलाएको छ। पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।