Friday, August 14, 2026
22.1 C
Kathmandu
Home ब्यानर यो महाधिवेशन कहाँ गएर टुंगिन्छ म भन्न सक्दिन : महामन्त्री गगन थापा

यो महाधिवेशन कहाँ गएर टुंगिन्छ म भन्न सक्दिन : महामन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने विषयमा आफूले अहिले नै भन्न नसक्ने बताएका छन् ।

भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले केन्द्रीय समितिले आयोजना गरेको भए यस ठाउँमा गएर टुंगिन्छ भन्न सकिने भएपनि यो महाधिवेशन प्रतिनिधिहरुले आयोजना गरेको भएर जे हुन्छ बन्दसत्रको हलले नै गर्ने बताए ।

उनले महाधिवेशन प्रतिनिधिले नेतृत्व र नीति दुवै परिवर्तन गर्न माग गरेर महाधिवेशन आयोजना भएको समेत उनले उल्लेख गरे ।

उनले अहिले कांग्रेसभित्र पद र कुर्सीका लागि भन्दा पनि विचारको लागि संघर्ष भइरहेको समेत बताए । अब हलले पारित गर्ने निर्णय नै आफूले मान्ने समेत बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।