टवल । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोल्पा कोटगाउँ-६ घर भई हाल दाङको भौवा बस्दै आएका ६० वर्षीय श्यामबहादुर झाँक्री रहेका छन्।
रोल्पा जिल्ला अदालतको २०७० वैशाख ३१ गतेको फैसलाले झाँक्रीलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेको थियो। अदालतको फैसला कार्यान्वयन नभई फरार रहेका उनलाई खोजी गर्ने क्रममा दाङ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका झाँक्रीलाई आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




