काठमाडौं । हाम्रो देशमा प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ८० रहेको छ । त्यसो भए यहीँ देशको एउटा नीजि बैंक इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ ज्योती प्रकाश पाण्डेको तलब कति होला ? २ लाख ? ४ लाख ? गलत ।
उनको मासिक तलब २३ लाख रहेको छ । नेपाल प्रहरीले स्मार्ट टेलिकमको सामाग्री गैरकानुनी रुपमा बेचेपछि उनका विरुद्ध अहिले अदालतमा मुद्दा दायर भएको छ ।
प्रहरीमा दिएको बयानमा उनले सन २०१२ देखि आफू बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा कार्यरत रहेको र हाल मासिक तलब भत्ता २३ लाख रहेको बताएका हुन् ।
उनले बैंकबाट यसका बाहेक चाडबाड खर्च, वार्षिक रुपमा बैंकले दिने बोनस, बैंकले उपलब्ध गराएको एक जना सवारी चालक पनि पाएका छन् ।
गैरकानुनी रुपमा शंस्कास्पद रुपमा स्मार्ट टेलिकमको सामग्री बेचेपछि उनी अहिले आरोपित मात्र हुँदा पनि बैंकको नेतृत्व छाडेका छैनन् । यसअघि, प्रभू बैंकका सिइओका विरुद्ध पनि पक्राउ गरी अनुसन्धान अघि बढेको थियो । प्रभूमा सिइओ परिवर्तन भइसकेको छ ।




