नेपालले आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो पहिलो खेलमा आज इंग्ल्यान्डको सामना गर्दैछ । समूह ‘सी’ अन्तर्गतको यो खेल मुम्बईस्थित वानखेडे क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३: १५ मा सुरु हुनेछ ।
रोहितकुमार पौडेको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा सहभागिता जनाउँदै छ । यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलेको नेपालले समूह चरण भने पार गर्न सकेको थिए ।
Comments







