Saturday, September 26, 2026
20.1 C
Kathmandu
Home ब्यानर उद्धारमा फेरि फर्किए सांसद न्यौपाने, अब पार्टीले के गर्ला ?

उद्धारमा फेरि फर्किए सांसद न्यौपाने, अब पार्टीले के गर्ला ?

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा सुरुङसम्बन्धी इन्जिनियर श्रीराम न्यौपाने फेरि रसुवा फर्किएका छन्।

यसअघि रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका न्यौपाने र सांसद सागर ढकालको उपस्थितिले उद्धार कार्यमा असहजता भएको भन्दै उनीहरूलाई तत्काल फर्किन पार्टीले निर्देशन दिएको थियो।

तर, न्यौपानेले उक्त विषयमा पार्टी नेतृत्वसँग आफ्नो भूमिकाबारे पुनर्विचार गर्न आग्रह गरेका थिए। अहिले फेरि रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना आएपछि उनी उद्धारमा सहयोग गर्न घटनास्थलतर्फ लागेका बताएका छन्। उनले आफ्नो प्राविधिक ज्ञान र अनुभव उद्धारमा कसरी उपयोग गर्न सकिन्छ भन्ने बुझ्न र आवश्यक सुझाव दिन आफू चिलिमे गएको बताएका छन्।

यसले रास्वपाभित्र सांसद न्यौपानेको उद्धार भूमिकालाई लिएर नयाँ प्रश्न भने खडा गरेको छ।

यदि उनको उपस्थितिले उद्धारमा अवरोध पुगेको थियो भने उनी फेरि फिल्डमा फर्किएकाले यस विषयमा पार्टीले अब गर्छ भन्ने चासाेकाे विषय बनेकाे छ ।

राजनितिक दाउपेचका कारण बहाना बनाएर उनलाई फिर्ता बाेलाउने खेल भएकाे विषय पनि कडा रूपमा उठ्द‌ आएकाे छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।