नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोगमा ४६ वर्षीय श्रेष्ठ पक्राउ परेका हुन् ।

नेपाल बीमा प्राधिकरणको आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनले कम्पनीमा गम्भीर अनियमितता भएको देखाएपछि प्राधिकरणले गत वैशाख ८ गते अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरेको थियो । सोही प्रतिवेदनको निष्कर्ष र सुझावका आधारमा श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।