मेसीको जादुगर ह्याट्रिक

काठमाडाैं । फुटबलका जादुगर लियोनेल मेसीले आज मैदानमा पुनः एकपटक आफ्नो सर्वकालीन श्रेष्ठता साबित गरेका छन्। जारी प्रतियोगिताको आजको रोमाञ्चक खेलमा मेसीको उत्कृष्ट ह्याट्रिकको मद्दतले टोलीले विपक्षी अल्जेरियालाई स्तब्ध पार्दै सानदार जित दर्ता गरेको छ।

खेलको पहिलो हाफमै मेसीले डिफेन्डरहरूलाई छक्काउँदै उत्कृष्ट डि-बक्स भित्रबाट गोल गरी टोलीलाई सुरुवाती अग्रता दिलाए।

दोस्रो हाफको सुरुवातमै मेसीले आफ्नो ट्रेडमार्क शैलीमा पोस्टको माथिल्लो कुनामा अद्भूत गोल गर्दै समर्थकहरूलाई खुसी दिलाए । र, खेलको अन्त्यतिर काउन्टर अट्याकमा वान-टु-वान पास खेल्दै मेसीले उत्कृष्ट प्रहार मार्फत आफ्नो ह्याट्रिक पूरा गरे।

बढ्दो उमेरका बाबजुद मेसीको खेलप्रतिको भोक र मैदानभित्रको जादु अझै कम भएको छैन भन्ने कुरा आजको प्रदर्शनले प्रष्ट पारेको छ। यो ह्याट्रिकसँगै मेसीले आफ्नो खेल जीवनमा अर्को एउटा सुनौलो पाना थपेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।