Friday, August 28, 2026
23.1 C
Kathmandu
Home बीमा बीमामा बढ्दैछ संकटः ३९ अर्बको भएन बीमा नवीकरण

बीमामा बढ्दैछ संकटः ३९ अर्बको भएन बीमा नवीकरण

काठमाडौं । बीमा क्षेत्रमा संकट गहिरो हुँदै गएको छ । महंगी र आर्थिक संकटका कारण ९० हजारले बीमा पोलिसी नै नगरेको पाइएको छ भने गत आर्थिक वर्ष २०८२र८३ मा जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डर ९बीमालेख समर्पण० हुने रकम झण्डै १४ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको ‘बीमा प्रतिबिम्ब’ प्रतिवेदनअनुसार असार मसान्तसम्म जीवन बीमा कम्पनीहरूबाट १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो।

यद्यपी, अघिल्लो वर्षको तुलनामा भने यो सुधार हो । अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डरमार्फत १५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो। समीक्षा अवधिमा १० लाख ३० हजार ४० वटा जीवन बीमा पोलिसी नवीकरण हुन नसकेको हो । पछिल्ला दिनमा सर्वसाधरणको बीमाप्रति विश्वास पनि घट्दै गएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।