काठमाडाैं । कामना सेवा विकास बैंक सेयरधनीलाई १५ प्रतिशत नगद दिने घाेषणा गरेकाे छ ।
बैंक सञ्चालक समितिको शुक्रबार अपराह्न बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
असार मसान्तको वासलात, गत आव २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमाथि छलफल गरी वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई दिने लाभांशको निर्णय गरेको बैंकले जनाएको छ।
बैंकको चुक्ता पुँजी हाल ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ छ। त्यसमध्ये अग्राधिकार सेयर पुँजी ३५ करोड रुपैयाँ हो। अग्राधिकार सेयरमा लगानी गर्नेले ९ प्रतिशतका दरले १ करोड ४० लाख ६७ हजार रुपैयाँ लाभांश पाउनेछन्।
अरु लगानीकर्ताले साधारण सेयर पुँजी ३ अर्ब ८६ करोड १९ लाखको १५ प्रतिशतले हुन आउने ५७ करोड ९२ लाख ८९ हजार रुपैयाँ लाभांश पाउनेछन्।
नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।






