तपाईले आईपिओ त प्राय भरिरहनु भएको होला ? कहिल्यै तपाईले सोच्नु भएको छ ? एक पटक आईपिओ भर्दा कति खर्च हुन्छ ?

आज हामी तपाईलाई यहीँ जानकारी गराउन गइरहेका छौं-

तपाईले १० कित्ता सेयर भर्दा तपाईको खर्च हुने भनेको ५ रुपैयाँ हो । अर्थात तपाईले सेयर भरे बापत एक पटकमा बैंक तथा वित्तिय संस्थाले ५ रुपैयाँ मात्रै तपाईबाट पैसा काट्छ ।

यो कति कित्ता भन्नेमा फरक पर्दैन, १००० कित्ता भरे पनि एउटै शुल्क हो– पाँच रुपैयाँ ।

जुन पैसा तपाईले सिडिएससीको मेरोसेयरबाट भर्ने बित्तिकै काटिने गर्छ । तपाईलाई सेयर परेपनि नपरेपनि त्यसभन्दा बढी पैसा काट्न पाइदैन ।

तर, तपाईले १० कित्ता भर्नु भएको छ र तपाईलाई १० कित्ता नै सेयर पर्यो भने एक हजार काट्छ जुन बैंकले पहिल्यै होल्ड गरिसकेको हुन्छ ।

यसअघि, बैंक तथा वित्तिय संस्थाले मनपरी शुल्क लिने गर्थे । त्यसपछि नेपाल धितोपत्र बोर्डले पाँच रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने नियम बनाएको हो । अहिले कतिपय बैंक तथा वित्तिय संस्थाले यस्तो शुल्क नलिई निशुल्क पनि सेवा दिने गरेका छन् ।

अझ रमाइले त के छ भने जुन पाँच रुपैयाँमा २ रुपैयाँ सेयर आवेदन लिने सम्बन्धित बैंक/वित्तीय संस्थाले, २ रुपैयाँ सिडीएससीले र १ रुपैयाँ सेयर निष्काशन तथा बिक्री प्रबन्धक कम्पनीले लिने गर्छन् ।
सेयर परेबापत थप पैसा भने लाग्दैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।