काठमाडौँ । कर्जा प्रवाह दुरूपयाेग प्रकरणकाे अनुसन्धानका क्रममा
प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बैंकिङ कसुरमा पक्राउ गरेको हो ।
कर्जा प्रवाहमा अनियमितताका विषयमा पक्राउ गरी उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।
रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा उनीमाथि अनुसन्धान हुने भएको छ । उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल अनुसन्धानकै क्रममा सीआईबीको हिरासतमा छन् ।
प्रभु बैंकले सो कम्पनीलाई ४८ करोड रुपैयाँ कर्जा दिएको थियोे। नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षणपछि अनियमितता उजागर भएको जनाइन्छ ।
Comments






