काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहप्रति आक्रोश पोखेका छन् ।
थापाले सर्वदलीय बैठक र सबैलाई जोड्ने प्रयास नगरेको भन्दै प्रधानमन्त्री बालेन शाहको भूमिकाप्रति प्रश्न उठाएका हुन्।
सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा धारणा राख्दै सभापति थापाले सुनसरी घटनापछिको अवस्थामा पनि प्रधानमन्त्रीले सबैलाई जोड्ने प्रयास नगरेको बताएका हुन्।
‘एउटा प्रश्न रास्वपा सभापतिमार्फत् सरकारलाई राखेका छौं, यतिबेला सरकार के गरिरहेको छरु सरकार कहाँ छरु सरकार केबल गोली र लाठीमा मात्र भेटिनु र स्टाटसमा मात्र सीमित रहनेरु सरकार भनेको अभिभावक मात्र होइन लिडर पनि हो। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ अनि अरूले पनि सरकारलाई विश्वास गर्छन्,’ सभापति थापाले भने।
उनले अझै थपे ‘यस्तो बेलामा पनि प्रधानमन्त्री भाउ खाएर बस्ने हो ? प्रधानमन्त्री ठालु भएर बस्ने हो सबैलाई जोड्ने प्रयास गर्नुपर्दैनर ? प्रधानमन्त्रीले सबैलाई जोड्ने प्रयास गर्नुपर्छ भन्ने हामीलाई लाग्छ, गर्नुहोस्। हामी सरकारलाई सहयोग गर्न चाहन्छौं।’ उनले सामाजिक सद्भावका लागि कांग्रेसले भूमिका निर्वाह गर्दै आएको बताएका थिए।






