काठमाडाैं । चिकित्सकहरूको आन्दोलन दोस्रो दिन पनि जारी छ । नेपाल चिकित्सक संघले बुधबार पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकार उदासीन बनेको भन्दै संघले दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएको हो ।

संघको आन्दोलनका कारण देशभरका अस्पतालहरूमा ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया तथा अन्य गैरआकस्मिक सेवाहरू प्रभावित भएका छन् । सेवा ठप्प बिरामी मर्कामा परेका छन् । यद्यपि, आकस्मिक सेवा भने सञ्चालनमा राखिएको छ । काठमाडौंका प्रमुख सरकारी अस्पतालहरूमा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।