काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार निधनपछि आज उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ ।
कांग्रेस सभापति थापाले ७ साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए । उनले पार्टी कार्यालय जाने चाहना व्यक्त गरेका थिए । अस्वस्थका कारण अस्पतालमा उपचाररत रहेकाले उनको जिवित हुँदा पार्टी कार्यालय जाने चाहना भने पूरा हुन सकेन ।
उनी पूर्वउपप्रधानमन्त्रीसमेत हुन् भने कांग्रेसभित्र अनुभवी र परिपक्क मानिने नेताभित्र गनिने व्यक्ति थिए ।
Comments






