Monday, August 24, 2026
28.1 C
Kathmandu
Home प्रशासन तीन सहसचिव सचिवमा बढुवाका लागि सिफारिस, कसले मार्ला बाजी ?

तीन सहसचिव सचिवमा बढुवाका लागि सिफारिस, कसले मार्ला बाजी ?

काठमाडौं । तीन वरिष्ठ सहसचिव सचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवहरू इन्दु घिमिरे, श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो ।

हाल प्रशासनतर्फ सात सचिव पद रिक्त रहेका छन् । रिक्त पदमा सचिव पदपूर्ति गर्ने प्रक्रिया अघि बढाउने क्रममा बढुवा सिफारिस समितिले पछिल्लो समय बैठकलाई तीव्रता दिँदै आएको छ ।

शुक्रबारको सिफारिसपछि अब मन्त्रिपरिषद् बैठकले तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । सिफारिस सूचीको वरियताक्रममा पहिलो नम्बरमा इन्दु घिमिरे रहेकी छिन् ।

सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका नाममध्ये वरियताक्रममा पहिलो नम्बरमा रहेकालाई नै सचिवमा बढुवा गरेमा घिमिरे सचिव बन्नेछिन् । तर, तीन मध्ये जोसुकैलाई पनि सरकारले सचिव बढुवा गर्न भने बाधा पर्ने छैन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।