नकाठमाडौँ, १८ जेठ । सहमतीय आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आग्रह गरेपनि सो समयावधिभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेपछि बहुमतीय प्रक्रिया सुरु गर्न आज पुनः आग्रह गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले आज जारी गरेको विज्ञप्तिअनुसार बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई अनुरोध गरेकी छन् ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ – ‘नेपालको संविधानको धारा २९८ को उपधारा ९३० बमोजिम व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन आह्वान गरिएको छ ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।