काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेकाे संयाेजनमा आज सिंहदरबारमा बसेकाे सर्वदलीय बैठकले १० वटा निर्णय गरेकाे छ ।
उद्धारमा मानवीय स्वयमसेवकका रूपमा खटिन दलका नेता कार्यकर्ताहरूलाई आग्रह गर्ने निर्णय भएको छ।
आर्थिक सहयोग संकलनमा एकद्वार प्रणाली लागू गर्ने सहमति भएको छ। हिमतालहरूको वैज्ञानिक अध्ययनका लागि पहल गर्ने, विपद् पूर्वसूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने निर्णय पनि भएको छ।
बाढीमा परेकाहरूको उद्धार, राहत र व्यवस्थापनमा जोड दिने निर्णय भएको छ। पुनर्निर्माण राष्ट्रिय अभियान सुरू गर्नुपर्ने, अन्तर्राष्ट्रिय संस्थालाई सहयोग अपिल गर्नेजस्ता निर्णय भएका छन्।




