नेकपा माओवादी केन्द्रका तर्फबाट उनले मंगलबार उम्मेदवारी दर्ता समेत गरेकी छिन् । पहिलो संविधानसभाको निर्वाचनताका एमाले निकट मानिएकी सीता दोस्रो संविधानसभादेखि माओवादीमा प्रवेश गरेकी थिइन् । उनलाई अहिले पार्टीले उपमेयरमा उठाएको हो ।
कार्यक्रमका लागि धुर्मुससँगै जापानमा रहेकी सुन्तलीले आमालाई विजयको शुभकामना दिँदै कलाकारको नाताले आमाको प्रचारमा नहिडे पनि भोट दिन आग्रह गर्ने बताएकी छिन् ।
Comments







