बस दुर्घटनाबाट आमावुवा गुमाएका २१ बालवबालिका विचल्लीमा

जाजरकोट २२ पुस । गत मंसिर ४ गते जाजरकोटमा भएको दर्दनाक वस दुर्घटनावाट संरक्षक विहिन भएका   २१ वालवालिकाहरु विचल्लीमा परेका छन् ।

जिल्लाको भुर गाविसको रावतगाउँमा ५२ जनाको मृत्यु २ जना वेपत्ता र ११ जना घाइनते हुने गरि भएको भयानक वस दुर्घटनामा परि मृत्यु हुनेहरुका छोराछोरीहरुले वुवाआमा गुमाई सकेपछि विचल्लीमा परेका हुन् ।


वस दुर्घटनाका कारण विचल्लीमा परेका अधिकांश वालवाकिलाहरुका वुवा गुमेपछि उनीहरुलाइ गास वास  र भरणपोषणको समस्या परेको छ । वस दुर्घटनावाट संरक्षक विहिन भएका २१ वालवालिकाहरुको  जिल्ला वालकल्याण समितिले विवरण तयार पारेको छ । 

सोमवार प्रमुख जिल्ला अधिकारी जगतवहादुर वस्नेतको अध्यक्षतामा वसेको जिल्ला वाल कल्यान समितिको वैठकले  वस दुर्घटनामा आमा वुवा र अन्य अभिभावक गुमाएका वालवालिकाहरुको संरक्षण  स्याहार  र अन्य सुरक्षाको व्यवस्था गरिदिन केन्द्रिय वालकल्याण समितिलाइ आग्रह गर्ने निर्णय गरेको हो । विचल्ली पर्नेहरुमा  ३ महिना देखि १० वर्ष सम्मका वालवालिकाहरु रहेका छन् ।

जिल्ला वालकल्याण समितीले  तयार गरेको  अभिलेख अनुसार  अधिकांश वालवालिकाहरुका वुवाको मृत्यु भएकोले उनीहरुको पालनपोषण देखि अन्य सुरक्षामा समस्या देखिएको  वताइएको छ । आर्थिक अभावका कारण अधिकांश वालवालिकाहरु मावली घरमा वस्न वाध्य भएको र उनीहरुको  भरणपोषण र पढाइमा समेत समस्या परेको  जिल्ला वालकल्याण अधिकृत  डम्वरवहादुर रोकायले वताए । 

उनका अनुसार विचल्लीमा पर्नेहरुमा  डाडागाउँ  ७ की  ५ महिनाकी शुसीला पुन, डाडागाउँ ४की ९ वर्षीय  सर्मिला गिरी, ७ वर्षीया विनीता खड्का, डाडाँगाउँ ७ का ४ वर्षीया कमला रोकाय, ६ वर्षीय वीरवहादुर रोकाय, ९ वर्षीया चन्द्रा रोकाय, ३ महिनाका मदन रोकाय, १० वर्षीय गणेश वुढा, ३ वर्षीय रामवहादुर पुन, ७ वर्षीया विजया पुन, १ वर्षीय टेकराज पुन, ६ वर्षीया लक्ष्मी वुढा  र  ७ वर्षीय सन्देश वुढा रहेका छन् ।


त्यसैगरि  लहँ २ थाप्लाकी  ९ वर्षीया विनिता खड्का, ५ वर्षका  विकास खड्का, डाडाँगाउँ ९ का ४ वर्षीय  प्रशान्त रोकाय, खलंगा ६ तिलिंगेकी  १० वर्षीया पुष्पा खड्का र  उनकी वहिनी ९ वर्षीया अस्मीता खड्का र भाइ  ६ वर्षीय गुणराज खड्का, खलंगा १ वाहुनवाडाकी ९ वर्षीया स्मारीका केसी र उनका भाइ ६ वर्षीय उत्सव केसी रहेका छन् । डाडाँगाउँ ४ की सर्मिला गिरी र विनीता खड्का वाहेक अन्य १९ वालवालिकाहरुले वुवा गुमाएका छन् । 

उनीहरुलाई आवस्यक सहयोग र भरणपोषणको व्यवस्था एवम अन्य सुरक्षाको व्यवस्थाका लागि आफुहरुले केन्द्रिय वालकल्याण समितीसंग  अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी  जगतवहादुर वस्नेतले वताए । उनले  आर्थिक अवस्था र उचित अभिभावकको अभावमा ती वालवालिकाहरु विचल्लीमा परेको वुझिन आएकोले उनीहरुलाइ सहयोग र संरक्षणका लागि सरोकारवाला निकायहरुलाइ आग्रह गरिएको वताए ।

कमाइ गर्ने मुली नै गुमेपछि छोराछोरीको भरणपोषणमा निकै कठिनाइ भएको वस दुर्घटनामा प्रदेश सिंह खत्री श्रीमानलाई गुमाएकी खलंगा १ की  लक्ष्मी रेग्मीले वताइन् । उनले दुइ छोराछोरीको भविश्यको मात्र नभइ  उनीहरुलाइ कसरी पाल्ने भनेर चिन्ता लाग्ने गरेको  वताइन् । उनी जस्तै  डाडागाउँ ९ की चन्द्रा रोकाय पनि कमाइ गर्ने घरका मुली श्रीमान भीमवहादुर रोकायको मृत्यु भएपछि सानो छोरालाई के गरेर पाल्ने भनी चिन्ताले सताउने गरेको वताइन् ।  

यसै विच भेरी वस दुर्घटनामा आफन्त गुमाएका पिडितहरुले राज्य र मध्य पस्चिम यातायात व्यावसायी समितिले आफुहरुलाई दिने भनेको राहत  सहयोग नदिएको भन्दै  विरोध स्वरुप  पुस २४ र २५ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने  भएका छन् । वस दुर्घटना पिडित संघर्ष समितीको  सोमवार वसेको वैठकले  राहत सहयोगका लागि सरोकारवाला निकायलाइ दवाव दिन धर्ना  दिन लागिएको संघर्ष समितिका संयोजक पदम खत्रीले वताए ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।