Tuesday, August 25, 2026
26.1 C
Kathmandu
Home समाचार कृष्ण पाउरोटीमा कृत्रिम खाद्य रंग प्रयोग, स्वास्थ्यमा हुनसक्न गम्भीर असर

कृष्ण पाउरोटीमा कृत्रिम खाद्य रंग प्रयोग, स्वास्थ्यमा हुनसक्न गम्भीर असर

काठमाडौं । कमलपोखरीस्थित कृष्ण पाउरोटी एण्ड कन्फेक्सनरीमा बेकरीजन्य पदार्थ सिल नगरी बिक्री वितरण गरिएको तथा पकाउने खाद्य पदार्थमा कृत्रिम खाद्य रंग प्रयोग भइरहेको पाइएको छ ।

खाद्य स्वच्छता तथा गुण नियन्त्रण विभागले काठमाडौँका विभिन्न स्थानमा अनुगमन गर्ने क्रममा कृष्ण पाउरोटी निर्माण कार्य भइरहेको अवस्थामा खाद्य उत्पादनसमेत सञ्चालन गरिएको, बेकरीजन्य पदार्थ सिल नगरी बिक्री वितरण गरिएको तथा पकाउने खाद्य पदार्थमा समेत कृत्रिम खाद्य रंग प्रयोग भइरहेको पाइएको हो ।

तयारी खाद्य पदार्थमा बाहिरी वस्तु भेटिएको गुनासोपछि अनुगमन गरिएको थियो ।

विभागले खाद्य पदार्थमा समेत कृत्रिम खाद्य रंग प्रयोग भइरहेको पाइएको जनाएपनि यसको प्रयोग भएको रासायनिक मात्रा कति रहेको र यो उपभोग गर्दा यसको असर पर्ने नपर्नेबारे खुलाएको छैन ।

अमेरिकी खाद्य प्रशासन कार्यालयका अनुसार कृत्रिम खाद्य रंग प्रयोग गर्दा केही व्यक्तिमा छाला चिलाउने, डाबर आउने तथा विभिन्न किसिमको रियाक्सन आउने गर्छ । त्यस्तै, केही अध्ययनले केही संवेदनशील बालबालिकामा आर्टिफिसियल सेवनपछि व्यवहारसम्बन्धी असर हुन सक्ने संकेत गरेका छन्।

अझ खतरनाक कुरो रंगको नामभन्दा पनि कुन रसायन हो भन्ने महत्वपूर्ण हुन्छ। युरोपमा फुड कलरको सुरक्षा मूल्यांकन गरेर मात्र प्रयोग अनुमति दिने गरिन्छ । नेपालमा भने जथाभावी प्रयोग हुने गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।