Monday, August 24, 2026
29.1 C
Kathmandu
Home समाचार २ लाख राशिकाे हेमबहादुर मल्ल सम्मानबाट श्रेष्ठ र खनाल पुरस्कृत

२ लाख राशिकाे हेमबहादुर मल्ल सम्मानबाट श्रेष्ठ र खनाल पुरस्कृत

काठमाडाैं । दुई लाख राशिकाे हेमबहादुर मल्ल सम्मानबाट रामकण्ठ मकजु श्रेष्ठ र रामेश्वर खनाल पुरस्कृत भएका छन् । श्रेष्ठ २०८१ र खनाल २०८२ बाट सम्मानित तथा पुरस्कृत भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पाैडेलले राजधानीमा आयाेजित एक कार्यक्रममा उनीहरूलाई सम्मानसहित पुरस्कृत गरेका हुन् ।

नेपाल जनप्रशासन संघद्वारा साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडकाे साैजन्यमा हरेक वर्ष एक जनालाई उक्त सम्मानकाट सम्मानित तथा पुरस्कृत गर्दै आएकाे छ ।

साल्ट ट्रेडिङ कर्पाेरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले कार्यक्रममा हेम बहादुर मल्लले कर्पाेरेशनमा खेलेकाे भूमिकाकाे प्रशंसा गरे ।

अध्यक्ष श्रेष्ठले कार्यक्रममा बाेल्दै भविष्यमा नुनकाे अभाव नहाेस् भनेर ६ महिनालाई पुग्ने भण्डारण गरिदैं आएकाे बताए ।

उनले विपतिकाे समयमा पनि अतिआवश्यक वस्तुमा अभाव नहाेस् भनेर काम गरिरहेकाे समेत बताए ।

हेम बहादुर मल्लले साल्ट ट्रेडिङमा २५ वर्ष महाप्रबन्धककाे रूपमा भूमिका निर्वाह गरेका थिए । उनकाे निधन २०५७ सनल कार्तिक १२ गते भएकाे थियाे ।

उनकाे स्मरणमा १ लाख राशिकाे हेमबहादुर मलल पुरस्कार प्रदान गर्ने गरि सम्मानकाे सुरूवात गरिएकाे हाे। सम्मान राशिलाई पछिल्लाे समय २ लाखकाे बनाइएकाे छ ।

सम्मानित भएपछि श्रेष्ठ र खनालले आभार प्रकट गर्दै आगामी दिनमा थप जिम्मेवार बन्न प्रेरित गरेकाे बताए । खनालले आफूले पाएकाे पुरस्कार सार्वजनिक प्रशासनका सबैका लागि भएकाे समेत उल्लेख गरे ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।