मङ्सिर ३ । दार्चुलाबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । 
चालु आर्थिक वर्षमा दार्चुलाबाट मात्र करिब ५०० बढी युवा विदेश पलायन भएको तथ्याङ्कले देखाएको छ । दार्चुलामा राहदानी लिनेको सङ्ख्या बढेसँगै वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दै गएकोे हो । 
चालु आवको कात्तिक मसान्तसम्ममा दार्चुलाका ९७३ जनाले राहदानी लिएका छन् । जुन अघिल्लो वर्षको पहिलो चौमासिकको तुलनामा दोब्बरले बढी हो । 
कात्तिक महिनामा मात्र २४३ जनाले द्रूतसेवाअन्तर्गत राहदानी लिएका छन् । द्रूतसेवाअन्तर्गत चालु आवको कात्तिक मसान्तसम्म ९०३ तथा जिल्लाबाटै ७० जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय राहदानी फाँटका नायब सुब्बा चन्द्रसिंह धामीले जानकारी दिए । । दार्चुलाबाट प्रायः युवा रोजगारीका लागि खाडीमुलुक जाने गर्दछन् । रासस
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।