कात्तिक २७ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेबाट आएको प्रस्ताव शान्ति सम्झौता विपरीत भएको बताएका छन् ।
रोल्पा पुगेर काठमाडौँ फर्कने क्रममा आज भैरहवा विमानस्थलमा पत्रकारसँग उनले भने, “रोल्पा जानुको तात्पर्य काँग्रेस–एमालेलाई शान्ति सम्झौता नबिर्स भन्नका लागि हो ।” तत्कालीन पार्टी हेडक्वार्टर रोल्पाबाट बाह्रबुँदे सहमति तथा शान्ति सम्झौताको प्रस्थान विन्दु सुरु भएको हुँदा आफू त्यहाँ पुगेको उनको भनाई थियो । 
काँग्रेस–एमालेले त तपाईँलाई सहमतिबाट भागेको आरोप लगाएका छन् नी  भन्ने पत्रकारको जिज्ञाशामा उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको हैसियतले अघिल्लो दिन सबै नेतासँग छलफल गरी बोलाएको बैठक अर्को दिन प्रधानमन्त्रीले एक्कासी स्थगित गर्न निर्देशन दिनु एमाओवादी सहमतिबाट भागेको हो की, काँग्रेस–एमाले ? भन्ने प्रतिप्रश्न गरेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।