कार्तिक २०, काठमाडाैं ।  राप्रपा नेपालका चार भातृसंगठन प्रमुखले गणेश थापालाई तत्काल सभासद्बाट फिर्ता बोलाउनु पर्ने माग राखेका छन । राप्रपा नेपाल सम्वद्ध चार भातृ संगठनहरु राप्रयुसं नेपाल, राप्रमसं नेपाल, राष्ट्रिय युवा मोर्चा र राप्रविसं नेपाल का प्रमुखले आज एकसाथ प्रेश विज्ञप्ती जारी गरी  यस्तो माग गरेका हुन्  । 
भ्रष्टचारको अभियोगमा संसदको सार्वजनिक लेखा समिति र अक्तियार दुरुपयोग अनुसन्धान आयोग को छानविनको दायरामा परेका र फिफाले समेत चार महिना प्रतिबन्ध लगाएका व्यक्तिलाई , अध्यक्ष कमल थापाले मानोमानी ढङ्गले सभासदमा नियुक्ती गरेको आरोप लगाएका छन ।

 देश भरका निष्ठावान नेता, कार्यकर्ताले व्यापक विरोध गर्दा गर्दै आफ्नो भाइलाई सभासदमा नियुक्ती गरी विवेकहीन निर्णय गरेको भनी  आफूहरु यसबाट मर्माहत भएको उल्लेख गरेका छन् । 


यस्तो कदमले अध्यक्ष कमल थापा स्वयंको र  पार्टीकै छवि धमिलिएको भन्दै पार्टीलाई थप दुर्घटनाबाट बचाउन उनी माथि लागेको आरोपको किनारा नलागेको  सम्म उनलाई सभासद् लगायत पार्टीका  सबै जिम्मेवारीबाट तत्काल फिर्ता बोलाउनु पर्ने भन्दै  यसो नगरिए अध्यक्ष कमल थापाले गरेको  एलौटी निर्णयबाट  हुन जाने क्षतीको सबै जिम्मेवारी  अध्यक्ष कमल थापा स्वयंले लिनुपर्ने चेतावनी समेत दिएका छन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।