काठमाडौं,कात्तिक १३  । नेपालमा रहेका तिब्बती शरणार्थीले नेपालमा रहेर चीन विरोधी गतिविधि गरेको भन्दै चीनले नेपाललाई तत्काल चीन विरोधी गतिविधि रोक्न आग्रह गरेको छ । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रमुख लियो साङ जियाङ सुनको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोलीले नेपालका शीर्ष नेताहरूलाई भेट्ने क्रममा उनीहरुले आग्रह गरेका हुन् ।   

भ्रमण टोलीले एक वर्षभित्र ‘चीनविरोधी गतिविधि पूर्ण रूपमा अन्त्य गर्न र यहाँ चीन विरेधी गतिविधि गर्ने तिब्बती शरणार्थीहरूलार्इ पक्राउ गरी चीन सरकारलाई सुपुर्दगी गर्न समेत दवाव  दिएका छन् । टोलीले राष्ट्रपति डा। रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री वामदेव गौतम, पराष्ट्र मन्त्री  महेन्द्र पाण्डे ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य लगायतका नेताहरूसँग भेटघाट गरेका थिए । सबै नेताहरूसँगको भेटमा टोलीले नेपालमा तिब्बती शरणार्थीले गरेको चीनविरोधी गतिविधि रोकि दुर्इ देशको सम्बन्धलार्इ प्रगाढ बनाउनु पर्ने खालको अभिव्यक्ति राखेका थिए । 
आजको अन्नपूर्ण पोष्टबाट
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।