अप्राकृतिक मैथुन गरेको अभियोगमा विदेशी पक्राउ

पोखरा, ११ साउन । पोखरा घुम्न आएका फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभरलाई १४ वर्षीय एक बालकसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

अभियुक्तले ती बालकलाई विभिन्न प्रलोभन देखाई आफ्नो कोठामा बोलाएर अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ । अभियुक्तले यसअघि पनि यस्ता क्रियाकलाप गर्दै आएको उनले आफ्नो बयानमा उल्लेख गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।