काठमाडौँ, २१ असार । नेकपा (एमाले) नवौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि प्रयोग गरिने भनिएको विद्युतीय मतदानका बारेमा विवाद भएको छ ।

राजधानीको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनमा बन्दसत्रको गतिविधिका बारेमा आज पत्रकार सम्मेलनमार्फत एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले पार्टीले विद्युतीय मतदान गर्ने भनेर निर्णय गरिसकेकाले प्रविधिलाई मानी सबैले विश्वास गरेर जानुपर्ने बताए ।

“प्रतिनिधिलाई विद्युतीय मतदानका बारेमा जानकारी छैन भन्ने कुरा आएको छ, प्रयोगमा आइरहेको कुरा विद्युतीय प्रविधिलाई सबैले मान्नुपर्छ” उनले भने, “विद्युतीय प्रविधिलाई नमान्ने हो भने त मोबाइलमा पनि शङ्का गर्नुप¥यो, के होला कसो होला भनेर ।”

“प्रतिनिधिलाई विद्युतीय मतदानका बारेमा जानकारी नभए, मतदान गर्न जानुभन्दा अगाडि नै सिकाएर पठाइन्छ, पार्टीको निर्णय विद्युतीय मतदान गर्ने भनेर नै भनिएको छ, विद्युतीय मदतानलाई विश्वास गर्नुपर्छ”– उनले भने ।  नेता ज्ञवालीले विद्युतीय मतदानका लागि ६० विद्युतीय यन्त्र प्रयोग गरिने र त्यसमध्ये १० वटा भने प्रतिनिधिलाई मत हाल्न सिकाउनका लागि प्रयोग गरिनेसमेत जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।