चैत्र २८ । पूर्वप्रधानमन्त्री समेत रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री सुशील कोइरालालाई साधुसन्त महन्त तथा कुटीमा बस्न रमाउने व्यक्तिको संज्ञा दिएका छन् ।
नेता नेपालले कुटीमा बस्ने साधुले देश हाँक्न नसक्ने समेत बताएका छन् । प्रधानमन्त्री सुशील कोइरालामा आँट र साहस नभएकाले स्थानिय निकायको निर्वाचन हुन नसकेको जिकिर समेत नेपालले गरेका छन् ।
रौतहटको जुडीबेलामा नेपाल बुद्धिजीवी परिषद्को मध्यमाञ्चलस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री कडा रुपमा यसरी कटाक्ष गरेका हुन् ।
कार्यक्रममा नेता नेपालले आगामी माघ ८ गते संविधान जारी हुने कुरामा ठोकुवा गर्न कसैले नसक्ने समेत बताए । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।