काठमाडौं ११ फागुन
सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र नेकपा माओवादी दुवै दलले मन्त्री छान्न सकेका छैनन् । दुई दलभित्र मन्त्रीका आकांक्षी धेरै हुँदा मिलाउन हम्मे देखिएको छ ।

माओवादी केन्द्रको बिहीबार बसेको सचिवालय बैठकमा मन्त्री छान्न नसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताद्धय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई जिम्मा दिइएको छ ।

एमाले स्थायी कमिटीको आज बिहान बसेको बैठकमा पनि मन्त्री छान्न सकस परेको छ । बैठकले मन्त्री छान्न नसकेपछि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको छ ।

दुई दलले मन्त्री छान्न नसकेपछि आइतबार मात्रै मन्त्रीपरिषद विस्तार हुने देखिएको छ । दुई दलले संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने कसरत जारी राखेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।