काठमाडौं २८ फागुन । नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष बन्ने निश्चित भएका छन् । वाम गठबन्धनबाट उनलाई नेकपा एमालेले अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेसँगै राष्ट्रिय सभाको अध्यक्ष उनी हुने लगभग निश्चित बनेको हो ।

तिमल्सिना एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् । एमालेले अर्का दावेदार परशुमेघी गुरुङलाई राष्ट्रियसभा दलको नेता बनाउने भएको छ । राष्ट्रियसभाको निर्वाचन पर्सी हुँदैछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।