जारी केन्द्रीय समिति बैठकमा नेतृत्व नै नयाँ पुस्तालाई दिनुपर्ने माग उठिरहेको अवस्थामा नेतृत्व हस्तान्तरण नगरेपनि संसदीय दलको नेतासम्म नयाँ पुस्तालाई दिने विश्लेषण भईरहेको त्यसको उल्टो भईदिएको छ ।
यसअघि प्रचण्डका तर्फबाट कृष्ण बहादुर महरा र बाबुराम भट्टराईका तफृबाट नेता टोप बहादुर राईमाझीको नाम संसदीय दलको नेताका रुपमा प्रस्ताव गरिए पनि अन्तमा भने अध्यक्ष प्रचण्डले त्यो समेत नदिने मनस्थिति बनाएका छन् ।
यस अर्थमा, नेता महरा दलको नेता बन्ने सम्भावना निक्कै थियो । उनी दलको नेता भन्दा पार्टीमा सबैले मान्ने स्थिति समेत थियो ।
तर अध्यक्ष दाहालले पछिल्लो पटक दलको नेता दोस्रो तहका नेतालाई दिँदा विवाद उत्पन्न हुने भो भन्दै आफैं नेता बन्ने मनस्थिति बनाउन पुगेका छन् ।
उनले आफू निकटका नेताहरुमार्फत यस्तो खुलासा गरेसँगै नेता महरा भने जिल्लिन पुगेका छन् । यसअघि पनि उनले आफ्नो पार्टी तथा अन्य पार्टीका नेताहरुलाई समेत जिल्याउँदै आएकोमा आफ्नै विश्वास पात्र महरा समेत यसको सिकार बन्न पुगेका छन् ।
तर जारी केन्द्रीय समिति बैठकमा उनले यस विषयमा नराम्रो आलोचना खेप्ने पर्ने भएकाले निर्णय के हुन्छ भन्नेबारे भने अन्यौल छ । – १० माघ
Comments








