बुद्ध शरण
माघ ९ । नेपाल चिकित्सक संघको आव्हानमा बिहीबार चिकित्सकहरुले राजधानीको टुँडिखेलमा खुल्ला ओपीडी सेवा सञ्चालन गरेका छन् ।

डा।गोविन्द केसीसँग जनता, जनतासँग चिकित्सक’ भन्ने नाराका साथ चिकित्सकहरुले बिरामीको चेक जाँच गरेका थिए । उक्त शिविरमा बिरामीहरुको भने निक्कै भिड नै लागेको थियो । शिविरमा बिरामीका साथै शिविर हेर्नेको पनि ठूल भिड देखिन्थ्यो ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको आन्दोलनलाई सहयोग पुर्‍याउन संघले देशभरका चिकित्सकलाई राजीनामा दिन भनेको छ भने आकस्मिक सेवा बाहेक अन्य सेवा समते बन्द गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।