पुस १८ ।   नेपाल विद्युत् प्राधिकरणले पुस २१ देखि लागु हुनेगरि लोडसेडिङको समय फेरि बढाएको छ ।

प्राधिकरणका अनुसार पुस २१ गते देखी हप्तामा ८० घन्टा लोडसेडिङ हुनेछ । जसअनुसार सातामा तीन दिन १२ घन्टा र चार दिन ११ घन्टाको समयले  विद्युत कटौती हुनेछ।

यसअघि  दैनिक ९ घन्टा विद्युत कटौति हुँदै आएकोमा अब हप्तामा १११२  घन्टाका दरले बिद्युत आपुर्ती कटौती गर्ने जनाएको छ ।

कुलेखानीमा पोहोरको तुलनामा यस पटक पानीको सतह घटेको, भारतबाट साविकमा आइरहेको विद्युत् आपूर्तिमा कटौती भएको र विद्युत्को माग पनि बढेका कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।